नेप्सेले खरिद र बिक्री दुबै तर्फका AON हरु आज देखि पूर्ण रुपमा हटाउने ।
काठमान्डाै, नेपाल धितोपत्र बोर्डले AON सेवा हटाएको छ । शुक्रबार धितोपत्र बाेर्डले नेप्सेलाई पत्र काट्दै सेयर कारोबारमा हुँदै आएको उक्त सेवा रोक लगाएको हो । यस्ले गर्दा बजारमा ठुला लगानीकर्ताले धेरैनै चलखेल गर्ने भएका हुनाले उक्त सेवा बन्द गर्ने निर्देशन दईएकाे हाे ।
जेठ ३० गते देखिनै उक्त सेवा पूर्ण रुपमा बन्द हुने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताएका छन । पछिल्लो समय एओएनमार्फत ठूलो कित्ता सेयर खरिद अर्डर राखेर साना लगानीकर्तालाई फसाउने काम भएको देखियकाेले कृतिम अर्डर देखाएर साना लगानीकर्ता फसाउने काम नहोस् भन्ने उद्देश्यले उक्त सेवा नै बन्द गर्न लागिएकाे जानकारी दिएका छन ।
अहिलेकाे समयमा अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टम भित्रको कमजोरीको फाइदा उठाउँदै केही ठुला लगानीकर्ताहरुकाे समुहले अनावश्यक रुपमा अर्डर राख्दै बजारमा ठूलो कित्ता सेयर राखेर खरीद तथा बिक्रीमा राखेर कृत्रिम चाप सिर्जना गरी सेयरको मूल्यमा अनावश्यक चलखेल गर्दै आएका थिए ।
यसकाे धेरैनै गुनासो आएपछि उक्त सेवा नै बन्द गर्नुपर्ने माग उठेको थियो । त्यसैले नेप्सेले पनि एओएन सेवालाई बन्द गराउने विषयमा सम्बद्ध सरोकारवाला निकायसँग पटक पटक छलफल गरेको थियो ।
No comments