जीवन विकास लघुबित्तकाे IPO निस्कासन, कहिले देखि दिन सकिन्छ आवेदन ?
गएकाे आर्थिक बर्ष मा प्रतिसेयर आम्दानि १०४ रुपैयाँ ९७ पैसा रहेको (जीवन विकास लघुवित्त वित्तीय संस्था) ले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको IPO यही असार ११ गतेदेखि निष्काशन गर्न लागेको छ ।
उक्त लघुवित्तले प्रतिकित्ता १०० रुपयाँ अंकित मूल्यकाे १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन मध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरुका लागि, ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणकाे लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता रहेकाे छ ।

यसकाे बिक्री प्रबन्धककाे रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानिकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा बाटसमेत आवेदन दिन सक्नेछन भने मेरोशेयर बाट पनि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन । निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ ।
No comments