• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    बैशाख २५ पछि लकडाउनको मोडल परिवर्तन हुँदै, कुन कुन क्षेत्र खुल्ने र कुन कुन क्षेत्र नखुल्ने ।


    विश्वव्यापि रुपमा फैलिएकाे कोरोना भाइरस (Covid-19) को जोखिम नियन्त्रणका लागि नेपालमा पनि सरकारले गत चैत ११ गतेदेखि देशभर लागू गरेको थियाे । उक्त लकडाउनको अवधि लम्ब्याँउदै सरकारले बैशाख २५ सम्म पुर्‍याएकाे थियाे । अब बैशाख २५ गतेदेखि उक्त समय सकिँदैछ भने केही क्षेत्रहरुमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्था छ ।

    नेपालकाे कुनै कुनै क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे भएतापनि धेरैजसो क्षेत्रमा नयाँ संक्रमण देखिएका छैनन् ।
    सरकारले बैशाख २५ गते पछि लकडाउन नखाेलेतापनि यसकाे मोडल परिवर्तन गरी अलि सहज गर्न लागेको बताएकाे छ । कोरोना भाइरसको जोखिमका हिसाबले देशलाई विभिन्न अाधारहरु तयार गरेर तीन भागमा विभाजन गरेर त्यसैअनुसार कुन कुन क्षेत्र खोल्ने वा कुन कुन क्षेत्र बन्द गर्ने भन्ने कुराकाे तय हुनेछ ।
    Covid-19 बट हुनसक्ने सम्भावित महामारीकाे जाेखिम नियन्त्रणको लागि सरकारले गत चैत ११ देखि निरन्तर रुपमा गरेकाे लकडाउन आज सम्म ४१ दिन पुगेकाे छ । उक्त ४१ दिन अघि देखि जारी गरिएकाे लकडाउनले आम मनिसहरुकाे जनजीवन अस्तव्यस्त हुनुका साथै दैनिक रुपमा मजदुरी गरेर खानेहरुकाे जीवन अत्यन्त कष्टकर भएको छ । लकडाउनकाे कारण मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको छ ।
    New nepali Song SUBSCRIBE the Channel & watch more video👇️👇️

    यस्ता विभिन्न कुराहरुलाई ध्यानमा राख्दै सरकारले लकडाउनकाे माेडल परिवर्तन गरेर देशलाई देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही विभाजन अनुसार लकडाउनलाई अलि खुकुलो बनाउने तयारी गरेको छ ।
    • कस्ता ठाँउहरु पुरै खुल्ने छन त ?
    सरकारले तयार गर्न लागेकाे रणनीति अनुसार राहत, मेडिकल
    ई–कमर्स, बैंक तथा वित्तीय क्षेत्र, डिपार्टमेन्ट स्टोर,
    कृषि क्षेत्र, कुरियर तथा हुलाक, सामान ढुवानी, सहरी उद्योग व्यवसाय, सहरी निर्माणाधीन स्थल, निर्माण सामग्री, अटो सर्भिसिङ, मर्मत र पार्टस्, इलेक्ट्रिक व्यवसाय, स्टेशनरी, कम्प्युटर तथा मोबाइल पसल आदि जस्ता क्षेत्रहरु भने पूरै खुल्नेछन् ।

    त्यस्तै सरकारी तथा निजी कार्यालयहरु (रातो क्षेत्रमा ३३ प्रतिशत, हरियो तथा पहेंलो क्षेत्रमा पूरै) खोल्ने गरी कार्ययोजना तयार पारेकाे छ ।

    • कस्ता क्षेत्रहरु पुरै बन्दा हुन्छन ?
    तस्तै १० वर्षभन्दा कम उमेर र ६५ वर्षभन्दा माथिका मननिसहरुलाई भने आवतजावत बन्द गर्ने त्यस्तै मन्दिर, मस्जिद, चर्च, हवाई सेवा तथा केवलकार जस्ता मानिसहरुकाे धेरै भिडभाड हुने ठाँउहरुलाई बन्द गर्ने तथा शिक्षा क्षेत्र, होटल, सिनेमा, मल, रेष्टुरेन्ट, जिम हल, खेलकुद स्थल आदि पनि पूरै बन्द गर्ने सरकारको कार्ययोजना रहेकाे छ ।

    उक्त प्रस्तावित कार्ययाेजनाहरु थप छलफल पछि मन्त्रीपरिषद्काे बैठकले निर्णय गर्ने छ ।

    No comments