• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    वैज्ञानिकको चमत्कार काेराेना भाइरससँग लड्न सक्ने अर्काे भाइरसकाे निर्माण

    विश्वकाे संकट बनेर व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस अहिले विश्वकाेस्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर आएकाे भएको छ ।


       द्वितीय विश्वयुद्ध पछिकै ठुलाे संकटकाे रुपमा संसारले अहिले काेराेना भाइरसकाे सामना गरिरहेको छ । यसकै मात्र कारणले अहिलेसम्म विश्वमा करिब ६९ हजार ५०९ जनाले ज्यान गुमाईसकेका छन् भने झन्डै १२ लाख ७६ हजार ११७ जनामा संक्रमण देखिएको तथ्यांकले देखाएकाे छ ।
    भर्खरै मात्र वैज्ञानिकहरुले गरेकाे एक अनुसन्धानले कोरोनाको भाइरसकाे बारेमा खुसीको एउटा खबर बताएका छन ।

    वैज्ञानिकहरुले कोरोना भाइरससँग लड्न सक्ने क्षमता भएको एक नयाँ भाइरस बनाएकाे तथा निर्माण गरिएकाे उक्त भाइरसले काेराेना भाइरस र अरु फ्लू जस्ता भाइरसहरुलाई नष्टगर्नेे र भाइरस बाट बचाउन सक्ने दाबी समेत गरेका छन् ।

    Berlin City of Germany स्थित रहेकाे फोर्सचुंग्सवर्बन्ड ई.वी. आठ वैज्ञानिकहरुको एउटा संगठन हो । यस संगठनमा रहेका आठ वैज्ञानिकहरुको टिमले कोरोना भाइरसको यस्तो कोशिका बनाएका छन् जसले गर्दा फोक्सोको कोशिकाहरुको नक्कल गरेर कोरोना भाइरससँग लड्न सक्दछ ।

    मानव शरिर भित्र पसेर कोरोना भाइरसले अत्याधिक असर  गर्ने भनेकाे नै फाेक्साेमा हाे र यसले फाेक्साेका काेषिकाहरुलाई नष्ट पर्दै श्वासप्रश्वासमा समस्या ल्याइदिने र संक्रमित मानिसहरुलाई श्वास लिन गाह्राे हुनुुुुका साथै शरीरको लागि आवश्यक अक्सिजन मिल्न सक्दैन र त्यसकै कारणले धेरैले ज्यान समेत गुुुमाउननु परेकाे छ ।
     एन्टीबायोटिक औषधिहरुको विकल्पकाे रुपमा ब्यक्टेरियाेफेज क्याप्सिड ।
    वैज्ञानिकहरुले याे भाइरसकाे नाम ‘ब्याक्टेरियोफेज क्याप्सिड’ राखेका छन् । यो भाइरसकै अर्काे प्रजाति अर्थात प्रकार हो । जसलाई एन्टीबायोटिक औषधिको विकल्पको रुपमा तयार गरिएको हो । यस प्रकारकाे भाइरसले विशेष गरेर अन्य रोगका अधिकांश जीवाणुहरुलाई खाएर आफू जीवित रहन सक्ने दावि समेत गरेका छन । उक्त शोधका प्रमुख लेखक ड्यानियल लस्टरले आफूले तयार पारेको भाइरस संक्रामक नरहेको समेत उल्लेख गर्नुका साथै त्यसमा १८० प्रकारका प्रोटिनका गुणहरु राखिएको समेत बताएका छन् । जसका कारण भाइरसले रिसेप्टर्सको जसरी काम गर्ने र यो भाइरसले इन्फ्लूएन्जा भाइरसलाई हराउन पनि सफल भएको उनले बताएका छन् ।

    शोधकर्ताहरुकाे टिमले अझै पनि यसका बारेमा धेरै काम गर्न बाँकी रहेको बताएको छ । वैज्ञानिकहरुले यस्तो विश्वास लिएका छन की उनीहरुले निर्माण गरेको भाइरस कोरोना भाइरसको औषधी बनाउनमा महत्वपूर्ण सावित हुनेछ र यसले कोरोना भाइरसविरुद्ध लड्न सक्ने सम्भावित हतियारकाे रुपमा काम गर्नेे उनीहरुले बताएका छन् ।

    यसरी काम गर्नेछ ब्याक्टेरियोफेज क्याप्सिडले नामक भाइरसले
    शोधकर्ताहरुका अनुसार फेज भाइरसले चरणवद्ध तरिकाबाट काेराेना भाइरस अर्थात कोभिड-१९ जस्तो फ्लू भाइरसहरुलाई फोक्सोका कोशिकाहरुको नक्कल गरेर एक किसिमले आफ्नो जालमा फसाउँदछ र जालमा फसेका फ्लूको भाइरसहरुको सतहलाई हेमाग्लुटिनिन नामक प्रोटिन रिसेप्टर्सले छोपिदिन्छ त्यसपछि भाइरसले कोरोना जस्ता फ्लू भाइरसलाई नष्ट बनाउँदछ ।
    अत्याधिक महत्वपूर्ण मानव निर्मित भाइरस ब्याक्टेरियाेफेज क्याप्सिड,
    * यश भाइरसले निमोनियामा श्वास फेर्नमा असहज भएको            अवस्थामा सहज बनाइदिनेे कार्य गर्दछ ।
    *  यसले घाउहरुको किटाणुहरुलाई नष्ट गरेर चाँडै ठिक बनाउँने       काम गर्दछ ।
    * यसले फूड पोइजनकाे अवस्थामा शरीरलाई विषक्तताबाट            बचाउने काम गर्दछ ।
    *  वैज्ञानिकहरुकाे दाबी छ कि याेे भाइरस कोभिड-१९ भाइरससँग लड्नका लागि सक्षम रहेको भएता पनि परिक्षण गर्न भने बाँकी नै रहेको बताएका छन् ।
    * विभिन्न अनुसन्धानहरु बाट याे पत्ता लागेकाे छ की, ब्याक्टेरियोफेज भाइरस एभियन फ्लू भाइरस सहित भाइरसका अन्य प्रकारहरुविरुद्ध लड्न सक्ने क्षमता रहेकाे छ ।
    * यस शोधका अर्का शोधकर्ता क्रिश्चियन ह्याकेनवर्गरले जनावरहरुको कोशिकाहरुमा परिक्षण गर्दा फेज क्याप्सिड मानिसहरुको फोक्सोको कोशिकाहरुमा रहेकाे फ्लूलाई नष्ट गर्न सक्षम भएको बताएका छन् र त्यस्तै परिक्षणका क्रममा भाइरसले प्रजनन क्षमतालाई पनि रोक्न सफल भएको कुरा समेत प्रष्ट पारेका छन ।
    एजेन्सीकाे सहयोगबाट

    No comments