• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    काठमाडौं उपत्यकामा लकडाउन खाेल्ने तथा अन्यत्र भने लकडाउन अवधि थप गर्ने सरकारकाे तयारी ।

    चैत २९, काठमाडौं  – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालभर लकडाउन भइरहेकाे छ । अब लकडाउनकाे समय बैशाख ३ गते पछि सकिन्छ र सरकारले लकडाउनकाे समय एकपटक फेरि थप्ने हाे कि नथप्ने भन्ने कुराकाे भने निर्णय भइसकेकाे छैन ।

    सरकारले पहिलाे, दाेस्राे र तेश्रोपटक गरी लकडाउनकाे समय बढाउदै आएकाे छ । तेस्राे पटक  घोषणा गरेको लकडाउन मिति यहि बैशाख ३ गते सकिँदैछ ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाे उच्चस्तरीय समन्वय समितिले गरेकाे सिफारिसमा सरकारले अहिले सम्म लकडाउन अवधि थप गर्दै आइरहेकाे छ ।  काेेेेेेेराेना भाइरस राेकथाम तथा नियन्त्रण समितिले फेरि केही दिनमै लकडाउन लम्ब्याउनका लागि मन्त्रिपरिषमा सुझाव दिने तयारी गरिएकाे समितिका सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिएका छन ।

    छिमेकी देश भारतमा काेराेना को महामारी तीव्र रुपले फैलिरहेकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमानका साथ सरकारले लकडाउनकाे समयावधि फेरि पथ गर्न लागेकाेे जनाएकाे हाे । सुरक्षा तथा चेकजाँच नहुने खुला स्थान बाट मानिसहरु एकअर्का देशमा आवतजावत गर्ने भएकाले काेराेना भाइरस को संक्रमणबाट नेपाल धेरै जोखिममा रहेको कारणले सरकारले लकडाउनकाे समयावधि  थप गर्न लागिएकाे जनाएकाे हाे । विदेशबाट आएका नेपालीमा संक्रमण पुष्टि भएपछि सरकारले चैत ११ देखि १८ सम्म पहिलोपटककाे लकडाउन र त्यसपछि पुनः थप संक्रमितकाे संख्या बढ्न थालेपछि  क्रमशः १९ देखि २५ र २६ देखि बैशाख ३ गते सम्मका लागि लकडाउन घोषणा गरेेेेेकाे थियाे ।

    त्यस्तै काेराेना राेकथामकाे उच्चस्तरीय टाेलिले फेरि  एकपटक लकडाउन लम्ब्याउने र त्यसपछि पनि प्रभाव कम देखिएकाे खण्डमा काठमाण्डुमात्रै भएपनि खोल्ने तयारी रहेको उच्चस्तरीय टाेलिले जानकारी दिएकाे छ ।  काेेेेेेेेराेनाको उदगमस्थल चीनको हुवेई प्रान्तमा मात्रै  लामो समय सम्म लकडाउन गरिएकाे भएपनि राजधानी बेइजिङसहित कम प्रभाव भएका सहरहरु भने खोलिएको थियाे । यसलाई उदाहरणकाे रुपमा लिदै एक मन्त्रीले त्यस्तो विकल्पमा समेत छलफल भइरहेको कुरा बताएका छन । उपत्यका भित्र हालसम्म विदेशबाट आएकी एक युवतीमा मात्रै  काेराेना संक्रमण देखिएको भएता पनि उनीबाट परिवारका कुनैपनि सदस्य तथा उनको सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई संक्रमण भएको पाइएको छैन । त्यसैले सरकारले उपत्यकामा कोरोना भाइरस फैलन नपाएकाे निष्कर्ष निकालेकाे छ । अब काठमाडौं  उपत्यका भित्र आउनेलाई कडाई गर्ने र दैनिश प्रशासकीय कामहरु चलाउने हाे कि भन्नेबारे सरकारकाे अनौपचारिक छलफल भइरहेको जानकारी आएकाे छ ।
    भिडियो हेर्न यहाँ थिच्नुहाेस👇️👇️

    No comments