नेपालमा काेराेना संक्रमितकाे संख्या ९ बाट एकैपटकट १२ पुगेकाे छ ।
काठमाडौं ३० चैत । बीरगञ्जमा उपचार गराइरहेका तीन जनाव्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । लगातार रुपमा ६ दिनसम्म कतैपनि संक्रमण देखिएकाेे थिएन तर आज सातौ दिनमा भने नयाँ तीन व्यक्तिमा काेराेना संक्रमणको पुष्टि भएको हो । याे ३ संगै नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या १२ पुगेको छ । हाल संक्रमित हुनेहरु धर्मगुरु रहेको बुझिएको जानकारी आएकाे छ र उनीहरु तीनै जना भारतीय नागरिक रहेको समेत पाइएकाे छ ।
बिहीबार स्क्रीनिङको क्रममा उहाँहरुले आफूहरु भारतबाट चार महिना अगाडि नै नेपाल आएकाे बताउनुभएको भएता पनि उहाँहरु कहिले नेपाल आउनुभएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणगर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा त्यहाँ पनि रिपोर्ट पोजेटिभ आए सगैँ नेपालमा काेराेनाकाे १२ पुगेकाे छ ।
उहाँहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभएकाे छ
No comments