बुटवलको आइसोलेसनमा निधन भएका व्यक्ति तथा वीर अस्पतालमा निधन भएका व्यक्तिहरुकाे परीक्षणकाे नतिजा यस्तो आयो ।
बुटवलस्थित अस्थायी आइसोलेसनमा राखेर उपचार गराइरहेकाेे अवस्थामा निधन भएका ३४ वर्षीय बिरामीको शव परीक्षण नतिजा कोराेेेना ‘नेगेटिभ’ आएको छ। उनी दुवाइबाट चैत 7 गते नेपाल आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनकाे रिपाेर्ट काेराेना नेगेटिभ देखिएको थियाे । बिरामी उच्च शंकास्पद भएकाले उनको शव दोस्रो पटक परीक्षण थालिएको छ ।
वीर अस्पतालमा मृत्यु हुने दुई काे पनि रिपाेर्ट आयाे ।
काठमाडौं सतुंगल बस्ने ३३ वर्षीय एक महिला र रौतहटका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो । मृतक महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो भने मृतक पुरुषमा मुटुको रोग हुन सक्ने वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए । उनीहरुको मृत्यु कोरोनाको आंशकामा भएको अनुमान गरिएपनि रिर्पोट भने नेगेटिभ आएको अस्पतालस्राेतले जनाएकाे छ ।
याे पनि पढ्नुहाेस्
सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु ।
१. पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नुु पर्दछ । घरमा भएकाे अर्को व्यक्तिसँग कम्तिमा १ देखि २ मिटर दूरी टाढै रहनु पर्दछ ।
२. विरामी व्यक्तिले प्रयाेग गर्ने बाथरूम तथा शाैचालय राम्ररी सफा गर्नुपर्दछ ।
३. घर भित्रका भान्सा तथा शौचालय जस्ता ठाँउहरुमा आवातजावतलाई सीमित गर्नुुुुुुुुपर्दछ । यस्ता साझा ठाउँहरूमा पर्याप्त मात्रामा हावा छिर्ने वा झ्याल खुला रहने वातावरण हुनुपर्दछ ।
४. स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर निस्कन हुदैन तथा कुनैपनि सार्वजनिक यातायातकाे प्रयाेग गर्नु हुदैन ।
५. नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची धुनुु पर्दछ र बेलाबेला हातमा सेनिटाइजर लगाउनु पर्दछ । हात नधोइ आँखा, नाक र मुख छुनबाट जोगाउनु पर्दछ।
६. बिरामी व्यक्तिले प्रयाेग गरेका सामानहरु अरु व्यक्तिले प्रयाेग गर्नु हुदैन।
७. अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्नुु हुदैन।
८. स्वास्थ्य संस्था जाँदा मास्क अनिवार्य लगाउनुु पर्दछ ।
९. खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु पेपर वा रुमाल तथा कुहिनाले छोप्ने गर्नुपर्दछ ।
१०. WHO तथा स्वास्थ्य जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गरी आवश्यक सहयोगको लागि सधैं तयार हुनुपर्दछ ।
१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्नु हुदैन ।
भिडियाे हेर्नकाे लागि यहाँ थिच्नुहाेस 👇️👇️
No comments