आजदेखि सरकारले लकडाउनमा केही खुकुलाे गर्ने निर्णय गरेकाे छ ।
बैशाख २५ काठमाडौं । सरकारले आजदेखि जेठ ५ गते सम्मकाे लागि लकडाउन थपेता पनि अत्यावश्यक क्षेत्रका लागि भने लकडाउनमा परिवर्तन गरी केहि खुकुलो बनाएको छ । २४ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले केही रुपमा खुकुलो बनाएको हो । सरकारले अत्यावस्यक बस्तुहरु जस्तै: औषधिजन्य वस्तुको उत्पादन तथा विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन तथा विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन तथा विक्रिवितरण आदि जस्ता कुराहरुकाे लागि भने आवस्यक सर्तहरू सहित सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसैगरी फलफुल तथा दुग्ध जन्य वस्तुको उत्पादन तथा विक्रि वितरण गर्न पाउने, त्यस्तै स्वास्थ्य सेवाका क्षेत्रहरु, पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसलहरु तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो ।
त्यसका लागि सम्बन्धित कम्पनीहरुले दैनिक रुपमा श्रमिकरहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने तथा एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखि खाेलेकाे छ । बैंक तथा वित्तिय संस्थाहरुकाे हकमा भने बढीमा एक तिहाई कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय समेत सरकारले गरेको छ ।
त्यस्तै शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्रि गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भिडभाड हुने क्षेत्रहरु काे हकमा अर्को सूचना जारी नभएका सम्म्का लागि बन्द नै राख्ने निर्णय पनि गरेको छ ।
No comments