• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    सवारी पास हुनेहरुलाई समेत अब उपत्यका प्रवेशमा राेक लगाईएकाे छ ।


    सवारी पास हुने हरुलाई समेत उपत्यका भित्र छिर्नकाे लागि सरकारले राेक लगाएकाे छ । पहिले काेराेना संक्रमणकाे त्रासका कारण गाउँ जाने मानिसहरु अहिले काठमाडौंलाई सुरक्षित देखेर काठमाडौं आउनेकाे संख्यामा तिब्र बृद्धि भएसंगै सरकारले यस्ताे कदम चालेकाे हाे ।

    काठमाडौं छिर्ने प्रमुख नाकाहरु नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा अदि लगायतका नाका सम्म आउदै त्यहाँबाट फेरि उतै फर्किनु पर्ने अवस्था भएकाेले दु: ख पउनु भन्दा समयमै ध्यान पुर्‍याउनु उचित देखिन्छ । यसअघि पास भएपछि उपत्यकामा सजिलै सवारी भित्रने गरेक थिए । अब भने दैनिक रुपमा उपभाेग हुने उपभोग्य सामग्री तथा स्वास्थ्य उपचारकाे लागि आएका सवारी बाहेक अरुलाई उपत्यका प्रवेशमा राेक लगाइएकाे छ । त्यस बाहेक अरु पसवाला सवारीहरुलाई धमाधम उतै फर्काउन थालिएकाे छ ।

    विश्वभर महामारीका रुपमा फैलिरहेको काेराेना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेको अवस्थामा अत्यावश्यक कामबाहेक अरुलाई बाहिर घुमफिर गर्न राेक लगाएकाे अवस्था रहेकाे छ । तर, मानिसहरु विभिन्न बहाना बनाएर तथा पसकाे दुरुपयाेग गरेर सडकमा बिना काम घुमिरहेकाे अवस्था छ । 

    यस्ताे अवस्थालाई रोक्न प्रहरीले अब पासमा समेत कडाइ गर्न थालेकाे छ । अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्लामा आवतजावत बढ्न थालेसँगै उपत्यकामा पनि बाहिरबाट आउने गाडीको चाप बढ्न थालेको प्रहरीको भनाई छ । त्यसैले उपत्यकामा त्यस्ता गाडी रोक्न नेपाल प्रहरी बाध्य भएको देखिन्छ । गृह मन्त्रालयले निर्देशन दिए पश्चात आवागमनमा थप कडाइ गरिएकाे हाे ।

    काेराेना भाइरस को सङ्क्रमण रोक्न मुलुकमा बिगत ४० दिन अगाडि देखि जारी गरिएको लकडाउन को अवधि अझै लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढ्दै गएपछि प्रहरीले नाकामा कडाई गर्न थालेकाे हाे ।

    No comments