स्वाइनफ्लुकाे भन्दा कोरोनाकाे महामारी १० गुणा खतरनाक, यसको नियन्त्रणका लागि खोपको आविष्कार नगरी नियन्त्रण सम्भव नरहेको डब्लुएचओको भनाई ।
विश्ववमा अहिले सम्ममा धेरै माहामारीहरु फैलिइ सकेका छन र अहिले पुरै विश्व काेराेनाकाे महामारीसगँ युद्ध गरिरहेकाे छ । यस भन्दा केही वर्ष अगडिकाे स्वाइनफ्लु भन्दा अहिले देखिएकाे कोरोनाकाे महामारी १० गुणा खतरनाक देखिएकाे छ । याे भाइरसकाे नियन्त्रणका लागि खोपको आविष्कार नगरी यसकाे नियन्त्रण सम्भव नरहेको डब्लुएचओको भनाई छ ।
अहिले काेराेनाकाे माहामारीकाे कारणले गर्दा पुरै विश्वले आ-आफ्नाे ठाउबाट काेराेनाकाे खाेप बनाउन सक्दाे काेशिस गरिरहेकाे छ । याे नयाँ कोरोना भाईरस अर्थात कोभिड -१९ बारे WHO लगायत विश्व का साइन्टिस्टहरु कोरोनाको नियन्त्रण गर्नकाे लागि लडीरहँदा नयाँ नयाँ तथ्यहरु समेत फेला पर्दै गइरहेका छन छन । याे काेराेना भाइरस अरु भाईरसहरु भन्दा सहज किसिमले एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने देखिएकाे छ ।
Covid -19
याे भाइरसकाे बारे अझ नयाँ रहस्यहरु पनि बाहिरिदै छन । पहिले १ मिटर सम्मकाे सामाजिक दुरी कायम गर्ने भनिएकाे भएता पनि भाइरस फैलदै जादाँ बिभिन्न अनुसन्धानहरु पनि तिव्र रुपमा बढ्दै गए र हाल ६ देखि ८ मिटर सम्मकाे दुरीमा भाईरस सर्न सक्ने कुराहरु बिभिन्न अनुसन्धानहरुले देखाइरहेकाे छ । हालै मात्र बिश्व स्वस्थ संगठनले कोरोना भाईरस स्वाइन फ्लु भन्दा पनि ज्यादा खतरनाक वा याे स्वाइन फ्लु भन्दा १० गुणा घातक भएको समेत जनाएको छ ।
हालसम्म विश्वमा यस भाइरस बाट ज्यान गुमाउनेकाे संख्या लगभग १ लाख २० हजार पुगेकाे छ भने संक्रमितको संख्या करिव २० लाख पुग्न लागेकाे छ र प्रत्येक दिन मृतक तथा संक्रमितहरुकाे संख्या तिब्ररुपमा वृद्धि भइरहेकाे छ । WHO ले यो भाईरस खोप (इन्जेक्सन) बिना नियत्रण हुन नसक्ने नीचोड समेत निकालेकाे छ ।
त्यसैले गर्दा यस बाट बाँच्नको लागि WHO तथा नेपाल सरकारले अबलम्बन गरेका सम्पूर्ण नियमहरुकाे पूर्ण परीपालन गर्नु आबश्यक देखिन्छ ।
गत डिसेम्बर काे अन्तिम साता देखि (२०१९ ) चाइनाको वुहान शहरबाट फैलिन सुरु गर्काे कोरोना भाईरस अर्थात कोभिड १९ ले छोटो समयमै विश्व भरी हलचल मच्चाएकाे छ । यसकाे सबैभन्दा बढी असर हाल अमेरिका मा देखिएको छ ।
कोरोना भाईरस अर्थात कोविड्-१९ को अत्यान्तै जटिल चपेटा भाेगिरहेकाे अमेरिकामा हाल सम्ममा जम्मा संंक्रमित ५८७,१५५ जना पुगेको र यस बाट ज्यान गुमाउनेको संख्या २३,६४४ पुगेको छ । त्यस्तै कोरोना बाट निको हुनेको संख्या ३६,९४८ जना रहेकाे छ ।
याे भाइरस अर्थात COVID-19 ले हाल विश्वका २१० देशहरू र विश्वभरका बिभिन्न क्षेत्रहरू साथै २ अन्तर्राष्ट्रिय ढुवानीहरूलाई समेत असर गरिरहेको छ । अहिले सम्म विश्वमा धेरै प्रभाबित देशहरु अमेरिका , स्पेन , इटली , फ्रान्स , जर्मनी , बेलायत , चाईना , ईरान , बेल्जियम , टर्की लगायत अन्य देशहरुमा काेराेनाकाे महामारी तीव्र रुपमा फैलिएकाे छ ।
#भारत
कोरोना भाईरस अर्थात कोविड्-१९ ले दक्षिण एसियामा पनि क्रमश तीव्र रुप लिदै गइरहेकाे छ । हाल सम्म भारतमा पनि 10,541 जाना व्यक्तिहरु संंक्रमित भएका छन भने यस बाट ज्यान गुमाउनेको संख्या ३५८ पुगिसकेकाे छ । त्यस्तै यस भाइरस बाट निको हुनेको संख्या पनि १,२०५ पुगेको छ ।
#नेपाल
हालसम्म नेपालमा ५६९०१ जनामा गरिएकाे टेस्टमा जम्मा १४ जना संंक्रमित देखिएका छन भने १ जना व्यक्ति निको भएर घर समेत फर्की सकेका छन । अहिले नेपाल सरकारले उच्च सक्रियताका साथ देशका ५२ जिल्लामा कोरोना टेस्ट सुरु गरेको छ भने अब छिट्टै २५ जिल्लामा टेस्टको तयारी गर्ने प्रकृया पुराहुदै गरेकाे अवस्था रहेकाे छ ।
भारतमा आजदेखि नै थप २१ दिन लकडाउन अबधी लम्ब्याएको छ । त्यस्तै नेपालमा बैशाख ३ सम्मको अबधी तोकिएको भएता पनि अब के कति लकडाउन थप्ने वा नथप्ने तथा कसरी अगाडि बढ्ने भन्ने बारे छलफल हुन बाँकी छ । कोरोनाको एक मात्र अचुक औषधी भनेको नै सामाजिक दुरी कायम गर्नु र घर भित्रै बस्नुलाई मानिन्छ तर दैनिक रुपमा मजदुरी गरेर हातमुख जाेड्ने तथा नियमित रुपमा चेकअपमा जाने बिरामीहरुकाे अवस्थाकाे बारेमा पनि ध्यान दिनु जरुरी देखिन्छ ।
याे समाचार पढिसकेर याे भिडियाे अवस्य पनि हेर्नुहाेला आशा छ यसले तपाईलाई भरपुर शक्ति प्रदान गर्नुका साथै काेराेनाकाे त्रासले भड्किएकाे मनलाई आान्नदित बनाउने छ ।👇️👇️
https://youtu.be/S7XSAW6NpCE
याे समाचार पढिसकेर याे भिडियाे अवस्य पनि हेर्नुहाेला आशा छ यसले तपाईलाई भरपुर शक्ति प्रदान गर्नुका साथै काेराेनाकाे त्रासले भड्किएकाे मनलाई आान्नदित बनाउने छ ।👇️👇️
https://youtu.be/S7XSAW6NpCE
No comments