काठमाडौं लगायत अन्य ठाउँमा काेराेना परिक्षणकाे रिपाेर्ट दिन प्रतिदिन पाेजेटिभ भेटिदै ।
बैशाख २, धादिङ जिल्लाकाे ज्वालामुखी गाउँपालिकामा १ जना व्यक्तिमा काेराेना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएकाे छ ।
मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेेेेका सबैलाई र्यापिड गर्दा उक्त टेस्ट बाट १ जनामा कोराेना पोजेटिभ देखिएको हाे ।उक्त टेष्ट पोजेटिभ देखिएका २७ वर्षिय युवा दक्षिण कोरिया बसेर फागुन २१ गते घर फर्किएका थिए । फागुन २१ गते आाएका उक्त युवालाई होम क्वारेन्टिनमा राखिएको थियो ।
मंगलबार गाउँपालिकाले भारत र तेस्रो मुलुकबाट आउने ३५ जनाको आरडिटी परीक्षण गरिको थियो । परिक्षण गरिएका ३५ जना मध्ये १ जनायुवामा भने रिपोर्ट पोजेटिभ देखिएको हाे ।
र्यापिड टेस्टबाट पोजेटिभ देखिएका उक्त व्यक्तिलाई तथा अन्यलाई समेत थप परिक्षणका लागि नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको छ । र्यापिड टेस्टबाट रिपोर्ट पोजिटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गरेपछि मात्र पोजेटिभ भए नभएको तथ्यकुरा थाहा हुने छ । उक्त युवा आएको विमानमा काे काे र कहाँ कहाँ रहेका छन भन्ने जानकारीकाे लागि अन्य विस्तृत विवरणको खोजीकार्य भईरहेको छ ।
No comments