• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    जापानमा अस्पतालले सामान्य बिरामी समेत भर्ना गर्न अस्वीकार । कहाँ गयाे मानवता ?

    बैशाख ३ , 
    जापानमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिदै आएकाे छ । जापानमा पनि सामान्य रुघा खाेेेकी मात्रै देखिएर अस्पताल गएका बिरामीहरुलाई भर्ना गर्न अस्वीकार गर्ने अस्पतालहरुकाे संख्या समेत बढ्न थालेको छ ।

    जापानकाे टोकियो महानगरले दिएको जानकारी अनुसार यही अप्रिल महिनामा मात्रै राजधानी टोकियोमा करिव १ सय १० वटा अस्पतालहरुले कोरोना संक्रमणको आशङ्का लागेका बिरामीहरुलाई भर्ना गर्न अस्वीकार गरेका छन् ।


    गएकाे महिनामा मात्रै  यस्ता केशहरु ९ सय ३१ थिए भने यो महिना पनि करिब दुई हप्ताको बिचमा ८ सय ३० भन्दा माथि रहेको कुरा त्यहाँकाे टेलिभिजनले समाचार प्रशारण गरेको छ ।
    टाेकियाेका सामान्य बिरामीले समेत १० घण्टा सम्म अस्पताल खोज्दा कुनै अस्पतालले भर्ना लिन नमानेको समाचार सार्वजनिक भएको छ । त्यहाँका मानिसहरुकाे स्वास्थ्यमा सामान्य समस्या देखिएर अस्पताल गएका एक ब्यक्तिलाई अस्पतालले कोरोनाको आशङ्काले गर्दा भर्ना लिन मानेन् । ति व्यक्ति अहिले घर देखि धेरै टाढाकाे दूरीमा रहेको एक अस्पतालमा उपचाररत रहेको समाचारमा उल्लेख गरिएको छ । यसरी अस्पतालहरुले कुनैपनि बिरामीहरु भर्ना गर्न नमानेका घटनाहरु सार्वजनिक हुनु सबैकाे चिन्ताको बिषय भएको छ ।
    जापानमा अहिले २ जाना नेपालीसहित ८ हजार ७ सय भन्दा बढिलाई कोरोना संक्रमण भइसकेकाे छ भने १ सय २७ जाना भन्दा बढि व्यक्तिहरुकाे मृत्यु समेत भएको छ ।
    त्यस्तै नेपालमा पनि देशकै नामचलेका ठूला अस्पताल भनाउदाहरुले समेत कुनैपनि प्रकारका विरामिहरु भर्ना गर्न नमानेर बिरामिकाे मृत्यु समेत भएका समाचारहरु सार्वजनिक भइरहेका छन ।

    No comments