काठमाडौं उपत्यकामा काेरोना ‘रोक्न’ भित्री गल्लीमा समेत बाँसको बार लगाएर ठप्प
चैत ४, काठमाडौं । बिगत दुई महिना अघिदेखि जारीरहेकाे लकडाउनका कारणले काठमाडौं उपत्यका पुरै ठप्प जस्तै देखिन्छ । बाहिर बाट आउने तथा उपत्यका भित्र रहेका मानिसहरुको आवत जावत लगभग रोकिएको अवस्था रहेकाे छ । प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र उपत्यका बाहिर बाट आउने लाईपनि कडा गरेकाे अवस्था छ ।
काठमाडौंका विभिन्न ठाउहरुमा भने काेराेनाकाे त्रासले गर्दा स्थानियहरुले भित्री गल्लीमा मानिसहरु प्रवेश नगरुन भनेर गल्ली गल्लीमा बाँस तेर्स्याएर आवतजावत ठप्प हुनेगरी बार लगाएकाे देखिन्छ । उक्त बारलगाएकाे ठाँउमा स्थानीय बाहेक अरुलाई नआउनु भन्ने सूचना टाँसिएको देखिन्छ । मानिसहरु कुनै काम बिना एक क्षेत्र बाट अर्को क्षेत्रमा हिडडुल गरेकाे भेटीएपछि स्थानिय हरुले यसाे गरेकाे जनाएका छन ।
तर यसरी बाटो छेक्दा अत्यावश्यक काममा हिडेका मानिसहरुलाई मात्र होइन स्थानियलाई समेत कुनैपनि बेला जरुरी परेकाे बेलामा एम्बुलेन्स, दमकल जस्ता अति आवस्यक सवारि आउन समेत अवरोध हुनसक्छ ।
उता काठमाडौं महानगरपालिकाले पनि यसरी बाटो अवरोध नगर्न आग्रह गरिरहेकाे भएपनि बाटाे भने अझै बन्दै रहेकाे छ । त्यसैले यसरी बाटो नछेक्न नै बुद्धिमानि हुनेछ , ताकि कुनैपनि इमर्जेन्सी पर्दा नप्ठ्यारो नपराेस ।
No comments