• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    मातृृ दिवस अर्थात आमाकाे मुखहेर्ने दिन

    आमा अर्थात जननी शब्द नै काफि छ । आमा ती हुन जस्काे काेखबाट हरेक प्राणीले जन्म लिन्छ । यदी याे संसारमा आमा विनाकाे जीवनकाे कुनै कल्पना सम्म गर्न सकिँदैन । आमा बिना त हाम्राे जीवनमा कुनै अस्तित्व नै रहेकाे हुदैन । याे सारा संसारमा आमा शब्द यति मिठाे छ कि याे शब्दमा त भगवान स्वयंकाे वास भएकाे हुन्छ ।

    जब हामी बच्चाकाे रुपमा याे धर्तिमा आाउछाै त्यतिबेला सबैभन्दा धेरै खुसी आमालाई हुन्छ जुन दुनियाकाे सबैभन्दा प्याराे चिज आमाले पाएकाे अनुभूति गर्दछिन । याे संसारमा जति पनि आामाहरु छन उनीहरुले आाफ्नाे सन्तानकाे लागि जस्ताे सुकै मूल्य चुकाउन पनि तयार हुन्छन । मानिसमा मात्रै नभएर याे संसारमारहेका हरेक प्रकारका जीव जन्तुमा समेत यहि भएकाे हुन्छ । यदि आफ्ना सन्तानलाई कुनैपनि आपत्ति आयाे भने सबभन्दा पहिले आमाले नै सामना गर्नकाे लागि तयार रहन्छिन । जब कुनै सन्तान ले कुनै गलत काम गर्दछ भने सबभन्दा बढि चिन्ता आमालाई नै हुन्छ उनी आफ्नाे सन्तानकाे भविष्यको बारेमा ज्यादा चिन्तित हुन्छिन । आमा मात्रै यस्ता हुनछन जसले सन्तनकाे हरेक परिस्थितिमा साथ दिन्छन र सही मार्गतर्फ जाने प्रेरणा दिन्छिन । एउटा सन्तानकाे लागि याे संसारमा आमा बराबर काेहि हुन सक्दैनन् यदि आमा नहुने हाे भने त याे संसार सुखा मरुभूमि समान हुन्थाे हाेला । त्यसैले कुनैपनि सन्तानले आमाकाे अाँखामा कहिल्यै पनि आँसु झार्नेकाम नगर्नु तथा आमालाई ठेस पुग्ने खालका कुराहरु गर्नु हुदैन ।

    मातृ दिवस अर्थात आमाकाे मुख हेर्ने दिनले सबैकाे मनमा विशेष महत्वपुर्ण स्थान लिएकाे हुन्छ । आमाका लागि पुरै आाफ्नाे जिन्दगी नै समर्पित गर्ने हाे भने पनि मातृ ऋण बाट मुक्त हुन सकिँदैन । एउटी आमाले नै महिना सम्म आफ्नाे काेखमा राखेर अनेक दु:ख पीडाहरु सहँदै जन्म दिएकि हुन्छिन र आफ्नाे शरिरकाे अमृत समान दस धारा
    दुध पियाएर पालन पाेषणका लागि उनले निस्वर्थ भावनाले हरेक प्रकारका दु:खकाे सामना गर्दै हुर्काएकि हुन्छिन त्यसैले
    आमाको महत्व तथा उनले आफ्ना सन्तानलाई दिएकाे निस्वार्थ योगदानको वर्णन गरेर कहिल्यै सकिँदैन आमा शब्द नै अपरम्पार रहेकाे छ । त्यसैले एउटा सन्तानकाे लागि आमाकाे महत्व कुनै एकदिन मात्रै विशेष नभएर हरेक दिन, हरेक क्षण महत्वपूर्ण हुनु जरुरी छ ।

    अहिलेकाे बढ्दाे आधुनिता संगै संसारका कतिपय मानिसहरुले आमालाई राम्राेसँग राख्नु त परै जावस् घरमा एउटा सानाे स्थान समेत दिन नसकेर बृद्धाश्रम लगेर छाेडेका घटनाहरु पनि प्रशस्तै देख्न पाईन्छन । उनीहरुले याे कुरा भुलिरहेका छन कि मेरी आमाले मलाई नाै महिना सम्म कति दुःखका साथ सुरक्षित राखेर जन्म दिइन र फेरि पालन पाेषणकाे लागि कति पीडाहरु भाेगिन हाेला !! एकपटक साेचेर हेर्नुहाेस् ।

    सबै आमाहरु प्रति नमन💕💕
    जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !!

    No comments