उदयपुरमा फेरी थप ८ जना व्यक्तिमा कोरोना संक्रमणकाे पुष्टि
फागुन ९, काठमाडौं । प्रदेश नंं. १ उदयपुरमा थप ८ जना व्यक्तिमा कोरोना भाइरसका अर्थात Covid-19 को संक्रमण पुष्टि भएको छ ।
विराटनगर स्थित कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएकाे उक्त परीक्षण नतिजा शंकास्पद देखिएपछि धरानस्थित रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।
उक्त परिक्षण पछि आएकाे रिपाेर्टमा आठै जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । हाल संक्रमण देखिएका आठ जनै व्यक्तिहरु त्यहाँकाे मस्जिद क्षेत्र वरपरका वासिन्दाहरु रहेका छन।
उदयपुर स्थित नै अर्का एक युवकमा पनि मंगलबार कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । यो समेत गरि अहिलेसम्म नेपालमा कोरोना संक्रमितकाे संख्या ४२ पुगिसकेकाे छ भने निकाे भएरकाहरुकाे संख्या ५ पुगेकाे छ ।
हालसम्ममा विश्वमा जम्मा कोरोना सन्क्रमितको संख्या २,५०३,०६७ रहेकाे छ भने कोरोना बाट मृत्यु हुनेको संख्या १७१,७४७ पुगिसकेकाे छ त्यस्तै कोरोना बाट निकाे भएर घर फर्कनेकाे संख्या पनि ६५९,१०६ पुगेकाे छ ।
काेराेना भाइरस
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सँग सर्ने भएकाले लकडाउनको समयमा घरबाहिर नजाऊँ। अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३/४ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदायलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनहितमा जारी ।
No comments