आइतबार दिउँसाे देखि नेटवर्कमा समस्या अाएपछि लागेन नेपाल टेलिकमको मोबाइलमा फोन
NTC को जीएसएम प्रिपेड र पोस्पेड मोबाईल फोनकाे नेटवर्कमा समस्या अाएपछि आइतबार दिउँसो देखि देखिएको समस्या अझै समाधान हुन सकेको छैन ।काठमाडौं उपत्याकामा आइतबार जीएसएम प्रिपेड तथा पोस्पेड सीम प्रयोगकर्ता फोन नलाग्ने समस्याका कारण हैरान छन् ।
नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयका अनुसार टेलिकमको रुटमा समस्या आएका कारण फोन सेवा प्रभावित भएको हो ।
मोबाइल फोनमा कल पूर्ण नहुने समस्या समाधानका लागि टेलिकमका इन्जिनियरहरु लागि परेको निर्देशनालयले जनाएको छ ।
अहिले रुट सहजताका लागि काम भएको र निश्चित क्षेत्रमा ट्राफिक चाप बढेको भन्दै टेलिकमले छिट्टै समस्या समाधान हुने जानकारी दिएकाे छ ।
No comments