Covid -19 महामारी अहिले अमेरिकामा तेस्राे चरण हुँदै चाैथाे चरण प्रवेश गरेकाे छ ।
#अमेरिकामा अहिले कोभिड–१९ महामारी तेस्रो चरणबाट गुज्रिसकेको र चाैथाे चरण पुग्दै गरेकाे अवस्था छ । सुरुमा सुरुमा पश्चिमतटीय क्षेत्रमा मात्र देखिएको संक्रमण अमेरिकाले सामान्य रुपमा लिदा अब पूर्वको वासिंटनसम्मै फैलिसकेको देखिन्छ ।
#न्युयाेर्कमा पर्याप्त मात्रामा परीक्षण किट, सुरक्षा सामग्री र भेन्टिलेटर जस्ता अत्यावस्यक सामानहरुकाे अभावले स्वास्थ्य सेवामा अकल्पनीय समस्या सिर्जना भएकाे देखिन्छ । गएकाे साता त्यहाँका विभिन्न शहरमा ठूलो विपत्ति आइलाग्यो । त्यहाँ धेरै संख्यामा विरामीकाे चाप बढ्याे सिकिस्त बिरामीहरु देखा परे तर परीक्षण किट, मास्क, पिपिई र भेन्टिलेटर जस्ता कुराहरुकाे अभाव देखियाे ।
#अमेरिकामा बढ्दाे संक्रमणले गर्दा बिभिन्न योजनाहरु अदल-वदल भइरहेकाेे देखिन्छ । अब अमेरिकामा काेराेना महामारी तटीय क्षेत्रमा मात्र सीमित नभएर यो साना–ठूला शहर तथा अमेरिकाको मध्य भूभागका सबैजसो सहरमा दीन प्रतिदीन फैलिइसकेको देखिन्छ । यो अमेरिकामा फैलिँदै गरेको केराेनाकाे चौथो चरणको संक्रमणको अवस्था वा संकेतकाे रुपमा लिन सकिन्छ ।
#पश्चिमी भु-भाग जर्जियाको सानो सहर अल्बानीमा पहिलोपटक देखिएको संक्रमणले सबैको ध्यान केन्द्रीत गरेकाे छ की त्यहाँ दाहसंस्कारमा भेला भएका मानिसहरुले संक्रमण सारेको अनुमान गरिएको पाइन्छ । आजसम्ममा त्यहाँ चार सय ६२ संक्रमित भइसकेका छन् भने १८ जनाको मृत्यु समेत भइसकेकाे छ ।
#यसरी अमेरिकामा बिभिन्न प्रभावित क्षेत्रकाे बढ्दाे संक्रमणले अब महामारीको चाैथाे चरणकाे छनक देेेेेेखाउदै छ ।
#अल्बानी जस्तो सानो सहरमा केबल एउटामात्रै अस्पताल भएकाले त्यहाँकाे संकटको सामना गर्न अल्बानी आत्ताल्लिएकाे थियो र त्यस क्षेत्रको सम्पूर्ण स्वास्थ्य शक्ति मुख्य मेडिकल सेन्टरमा एकट्ठा गरेकाे थियाे । अहिले त्यहाँका अन्य सहर र बस्तीमासमेत संक्रमण देखिने र फैलने क्रम बढिरहेको देखिन्छ । त्यहाँ बिभिन्न विशेषज्ञ, आइसियु वार्ड, प्रशिक्षित नर्सको अभाव निश्चित रुपमै देखिने छ । त्यहाँकाे स्थानीय सरकारलाई समुदायमा फैलिएको संक्रमणसँग जुध्न निकै कठिन अवस्था सिर्जान हुने कुरा देखिन्छ ।
#लुसियानाको स्रेभपोर्टमा पनि धेरै संक्रमितहरु छन्, त्यहाँ एलएसयु चिकित्सा विद्यालयको शाखा समेत रहेकाे छ । 2 लाख हाराहारी जनसंख्या भएको यहाँको संक्रमणलाई अहिलेसम्म चिकित्सा विद्यालयको एउटा शाखाले मात्रै धानिरहेको अवस्था देखिन्छ । यसरी तिव्र रुपमा संक्रमण बढ्दै जाँदा तिनिहरुको पनि केही सिप नलाग्ने कुरा स्पष्टरुपमा देखिन्छ ।
Home Quarantine बस्दा पालना गर्नुपर्ने नियमहरुहुर्नकाेलागि तलकाे 👇️👇️👇️ Link थिच्नुहाेस ।
#मिसिसिपीको ज्याक्सनमा करिव 1 लाख 70 हजार जनसंख्या रहेकाे छ । मिसिसिपी सरकारले 31 मर्चमा मात्रै लकडाउन जारी गर्यो, तर याे धेरै कोभिड–19 परीक्षण गर्ने राज्यमा पर्दछ । अहिले ज्याक्सनमा मात्र एक सय ७० संक्रमित भएता पनि अहिले दैनिक रुपमा दर्जनौँकाे बढ्दाेे अवस्था देखिएकाे छ ।
Covid-19 लाग्न निदन र लागि हालेमा कसरी वचन सकिन्छ । Video हेर्नुहाेस Link👇️👇️👇️
#स्थानीयस्तरका धेरै स्वास्थ्यकर्मीहरु आफूले पहिलोपटक प्रयोग गरिरहेका स्वस्थ्य सामग्री लिएर जानी–नजानी भएपनि जटिल संक्रमितहरुको उपचार गर्नुपर्ने बाध्यतामा परेका छन् र तिनीहरू आफैँलाई संक्रमणको उच्च जोखिम पनि त्यत्तिकै रहेकाे देखिन्छ ।
#अन्य क्षेत्र भन्दा तुलनात्मक रूपमा कम संक्रमण देखिएको राज्यकाे ग्रामीण क्षेत्रहरुमा समेत संक्रमित व्यक्तिहरु दीनप्रतिदीन बढ्दै छन् ।
मनलाई एकैछिन भएपनि शान्त र आनन्दित पार्नकाे लागि यहाँ थिच्नुहाेस श्री पशुपतिनाथकाे आरती हेरेर भाेलेनाथ सँग आशीर्वाद लिनुहाेस ।https://youtu.be/S7XSAW6NpCE
#सेल्बर्नेको ग्रामीण क्षेत्र अर्कान्सासमा केवल 26 हजार मानिसकाे बसोवास रहेकाे छ । त्यहाँ हाल 61 संक्रमित छन् ।
#7 हजार जनसंस्या भएको हेबर स्प्रिङमा 25 शय्याको अस्पताल भएपनि त्यहाँ आइसियुकाे ब्यवस्था रहेकाे छैन ।
#त्यस्तै 17 हजार जनसंख्या भएको पाउनी काउन्टीमा पनि केवल 14 शय्या मात्रै छन ।
#तसर्थ
सहर तथा ग्रामीण इलाकामा यति धेरै मानिसहरुकाे संक्रमण बढ्दै जानेेेे हाे भने यसले स्वास्थ्य सेवामा अर्को चरणको अवस्था निम्त्याउने देखिन्छ । ग्रामीण तथा साना शहरी इलाकाका अस्पतालहरुमा प्राथमिक स्वास्थ्य सेवा मात्र हुने गर्ददछ, त्यसैले जटिल संक्रमणहरुलाई तिनिहरुले उच्च सेवा–सुविधा सम्पन्नहुने ठूला सहरका शिक्षण अस्पतालहरुमा रिफर गर्नुपर्ने हुन्छ र त्यस्ता् ठाउँहरुमा पनि चाप हुँनेहुँदा अथवा सेवा सम्भव नहुने देखिए क्षेत्र तथा केन्द्रतिरै पठाउनुपर्ने अवस्था देखिन्छ ।
कोभिड–19 को संक्रमणले क्षेत्रीय स्वास्थ्य सेवाको क्षमतामा समेत प्रश्न उठाइदिएको देखिन्छ । किनभने, तिनका पनि आइ-सियुका बेडहरु कोभिड–19 का संक्रमितहरुले भरिँदै गएका छन् ।
Covid-19 नाम दिइएकाे याे भयानक महामारीले अमेरिकाको स्वास्थ्य सेवाको वास्तविक अवस्था समेत उजागर गरिदिएको स्पष्टरुपमा देखिन्छ । थोरै स्रोत–साधनहरुले मात्रै संक्रमणको यत्रो ठुलाे चाप वहन गर्नु आफैँमा दर्दनाक अवस्था रहेकाे छ ।
No comments