चीनबाट उद्धार गरेकामानिसलाई जस्तो अब सबैदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न सकिँदैन : स्वास्थ्यमन्त्री ढकाल
कोरोना संक्रमण भएकाे देखिएपछि मात्र राज्यले जिम्मा लिने ।
२७ फाल्गुण , सरकारले कोरोना भाइरस अर्थात कोभिड-१९ संक्रमणको आशंकामा चीनको वुहानशहरबाट उद्धार गरेकामानिस जस्तो अरुदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना अर्थात काेभिड -१९ संक्रमणको जोखिम भएका अरु देशबाट उद्धार गरेर सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् । मन्त्री ढकालले अब आफैं क्वारेन्टाइनमा बस्नुपर्छ भनेका छन । सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।
मन्त्री ढकालले , ‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं र परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्यो भने त्यसको जिम्मा राज्यले लिन्छ ।
यसबाट बच्ने उपायहरु हेराैँँ समयमै सचेत हाेअौ
।
No comments